सिक्रि लुटपाट गर्ने मानिस पक्राउ

रिपोर्ट नेपाल | 2023 May 31 | 04:13 pm 1761

काठमाडाैं, जेठ १७ः सिक्रि लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक धुलिखेल न.पा. वडा नं. १ देबिटारका  ३० बर्षका पोण्डे भन्ने विष्णु तामाङ् रहेका छन् ।

उनले मिति २०७९/१२/१८ गते का.म.न.पा. वडा नं. ३२ पेप्सिकोला गेटवे मन्टेस्वरी स्कुल अगाडि बाटोमा पैदल हिड्दै गरेकी भक्तपुर मध्यपुर ठिमि न.पा. वडा नं. ७ बस्ने मनमाया छुजुले घाटिमा लगाएको ४ तोलाको सुनको सिक्रि पछाडीबाट तानी लुटेर फरार रहेका थिए ।

२ जना अपरिचित व्यक्तिहरु २०० सि सि को पल्सर मोटरसाईकलमा आई सिक्रि लुटपाट गरि फरार रहेको भन्ने घटनाको अनुसन्धानको क्रममा तामाङ्लाई मिति २०८०/०२/१६ गते गोकणेश्वर न.पा.वडा नं. ५ जोरपाटीबाट पक्राउ गरी थप अनुसन्धान तथा कार्वाहीको लागी प्रहरी
वृत बानेश्वर काठमाडौ पठाईएको प्रहरी उपरीक्षक मिलन के.सि. ले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.