काठमाडौं, जेठ १६ः नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य मिना पाण्डेको आज आफ्नै निवासमा निधन भएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी पाण्डे पदमकन्या कलेजकी स्वतन्त्र विद्यार्थी युनियनकी संस्थापक सभापति हुन् ।
नेपाल महिला संघको केन्द्रीय अध्यक्ष समेत भएकी पाण्डे नेपाल सरकारको मन्त्री समेत बनिसकेकी क्रान्तिकारी एवं जुझारु नेतृ हुन् ।
पाण्डेको निधन प्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो फेसबुक वालमा दुःख व्यक्त गरेका छन् । सभापति देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान स्मरण योग्य रहने जनाएका छन् ।