सभापति देउवा र दुई महामन्त्रीमाथि कांग्रेस कार्यकर्ताकाे आक्राेश

रिपोर्ट नेपाल | 2023 May 30 | 03:40 pm 2801

काठमाडौं, जेठ १६ः नेपाली कांग्रेसको नेतृत्वले पार्टीलाई विधि र विधान विपरित चलाएको भन्दै पार्टी रुपान्तरणका लागि आज काठमाडौंमा एक भब्य कार्यक्रम भएको छ ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै नेपाली कांग्रेसका नेता तथा संविधान सभा सदस्य जगदिश्वर नरसिंह केसीले महाधिवेशन भएको धेरै समय हुँदा पनि नेतृत्वले विभागलाई निरन्तरता दिन नसकेको यदि दिईहाले पनि आफ्नै कोटरिकालाई दिएको आरोप लगाएका थिए ।

नेतृत्वको कार्यशैलीले लाखौं युवाले पार्टी छाडेको र नेतृत्वकै रबैयाले पार्टी दिन प्रतिदिन कमजोर भएको बताए ।

No description available.

बत्तीसपुतली स्थित अनुपम फुडल्याण्डमा सम्पन्न कार्यक्रममा नेता केसीले सरकार बनाउने टिकाउने नाममा नेतृत्वले कार्यकर्तालाई दास जस्तो बनाएर कहिले के मा भोट हाल त कहिले के मा हाल भनेकै कारण कार्यकर्ताले नेतृत्व प्रति पोखेको असन्तुष्टिका कारण नयाँ पार्टी स्थापित भएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको ९० प्रतिशत मत नेतृत्व प्रतिको असन्तुष्टिले कांग्रेसका कार्यकर्ताको भएको जिकिर नेता केसीले गरेका थिए ।

कसैलाई पनि आसनग्रहन नगराई सुरु भएको कार्यक्रममा बोल्दै नेता केसीले कांग्रेस रुपान्तरणका लागि सबै अभियान्ता भएको बताए ।

कार्यक्रम बारे जानकारी गराएपछि फ्लोर खुला गरिएको थियो । दोस्रो चरणको कार्यक्रममा बोल्ने प्राय वक्त महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको शैली प्रति आक्रोश पोखेका थिए ।

बागमती प्रदेश स्तरीय कार्यक्रमा बोल्ने प्राय सबै वक्ताले नेतृत्वको चर्को आलोचना गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताले सभापति शेरबहादुर देउवा विरुद्ध अविश्वासको प्रस्ताव ल्याएर विशेष महाधिवेशन गर्नुपर्ने राय राखेका थिए ।

कांग्रेसको जग भनिने नेविसंघ लगायत भातृ संगठनको महाधिवेशन नगरिएकै कारण अवसरबाट बञ्चित भइने डरले लाखौं युवा विद्यार्थी स्वतन्त्र पार्टीमा गएको पनि उपस्थित वक्ताले बताएका थिए । रुपान्तरण अभियान वडा स्तर सम्म पर्याउनु पर्ने आवाज पनि उपस्थित वक्ताले उठाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.