घण्टीले बजाउन पनि मिल्छ भन्दै रबीको आक्रोश

| 2023 May 25 | 01:58 pm 2045

काठमाडौं, जेठ ११ः राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं संघीय सांसद रबी लामिछानेको अमेरिकी राहदानीका विषयमा सर्वोच्चमा मुद्दा दायर गरेपछि आज उनले आफ्नो फेसबुक पेजबाट घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्छ भन्दै आक्रोश पोखेका छन् ।

सांसद लामिछानेले आक्रोशित हुँदै मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु अलग कुरा हुन । मान्छेलाई इरिटेड गर्ने पनि सिमा हुन्छ नि उल्लेख गरेका छन् ।

उनले आफ्नो फेसबुकमा अमेरिकी नागरिकता त्यागेको सक्कन निस्सा जिल्ला प्रशासन कार्यालयमा बुझाएको जनाएका छन् ।

अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको निस्सा आफूसँग भएकोले गत ९ गते सर्वोच्च अदालतमा बुभइै सकेको उल्लेख गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.