बिहीबार काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा

रिपोर्ट नेपाल | 2023 May 24 | 05:57 pm 1017

काठमाडौं, जेठ १०ः बिहीबार काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा दिइएको छ । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ,’ रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.