आरा चल्छ यो मुटुमा तिम्रो कुरा पराईले गर्दा
छियाछिया हुन्छ कलेजी तिम्रो नाम अरुले लिंदा
बाँच्ने गर्छन भ्रममा जीवनभर केही मान्छेहरु
राख्ने गर्छन भ्रममा अरुलाई केही मान्छेहरु
सत्यलाई मिथ्या असत्यलाई सत्य ठान्दै
भ्रान्तिको रनभुल्लमा परे मेरा सबै सपनाहरु
आरा चल्छ यो मुटु………..
बल्झी रहने चोट बेस्सरी लाग्यो यो मुटुमा
अल्झी रहने हर क्षण तिम्रो याद बस्यो दिलमा
जति जति भुल्न खोज्छु झनझन माया बढछ
नजिकै राख्न खोजेको माया झन टाढा हुन्छ
आरा चल्छ यो मुटु………..