‘६ महिना नपुग्दै सरकार पूर्ण रूपमा असफल भइसके’ : वरिष्ठ नेता पौडेल

| 2018 Aug 16 | 05:24 pm 1826

काठामाडौं, साउन ३१ : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार पूर्णतः असफल भएको दाबी गरेका छन् । बिहीबार पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले सरकार ६ महिना नपुग्दै सरकार असफलसिद्ध भइसकेको दाबी गरेका हुन् ।

सरकारले पूर्ण रूपमा असफल भएको भन्दै उनले शिक्षा, स्वास्थ्य, विद्युत, रोजगारीजस्ता जनताको आधारभूत विषयमा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । सरुवा, बढुवामा समेत एकलौटी निर्णय लिएर सर्वसत्तावादी सोच देखाएको समेत बताए । महँगी बढाउने, कर बढाउने लगायतका जनता विरोधी काम बाहेक उल्लेखनीय काम केही गर्न नसकेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई अस्वीकृत गरेर स्वतन्त्र न्यायपालिकामाथि गम्भीर प्रहार गरेको आरोप लगाए । उनले सरकार संवैधानिक तवरबाटै सत्ता कब्जाको बाटोमा अघि बढिरहेको दाबी गरे ।

प्रमुख सचेतक खाँडले सरकार जनहित विरोधी काममा लागेकाले त्यसको विरुद्धमा सशक्त ढंगले अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध हुन आह्वान समेत गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.