काठमाडौं, साउन ३१ : प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरूलाई आफ्ना गतिविधि कृषिमा केन्द्रित गर्न आग्रह गरेका छन् । राष्ट्रिय सहकारी महासंघको प्रतिनिधि मण्डलसँग आज सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीओलीले कृषिमा देशको करिब दुई तिहाइ जनसङ्ख्या निर्भर भएकोले यो क्षेत्रलाई आधुनिकीकरण नगरी देशमा समृद्धि हासिल नहुने बताए । “सहकारीले कृषिमा आधुनिकीकरणका लागि खेती प्रणालीलाई ठुला–ठुला प्लटमा लैजानु पर्छ ”प्रधानमन्त्रीओलीले भने “कृषिमायान्त्रिकीकरण र प्रविधिको प्रयोगबाट उत्पादन र उत्पादकत्व दुवै बढाउन सकिन्छ । यो कुरा सहकारीको प्राथमिकतामा हुनुपर्दछ छ । ”
प्रधानमन्त्री ओलीले सहकारीहरू ऋण तथाबचतमा मात्र केन्द्रित भएर नहुने बताए । “सहकारीहरूले उपभोग्य बस्तु, निर्यातजन्य बस्तुको उत्पादनमा जोड दिनु पर्दछ”, उनले भने ।
किसानलाई आधुनिक खेतीतर्फ प्रोत्साहनगर्नकालागि सहकारीले सस्तो ब्याजमा ऋण उपलब्ध गराउनु पर्ने र त्यसकालागि सरकारले सहकारीहरूलाई सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
“वर्तमान सरकार सहकारी मैत्री छ । सहकारीले भोगेको कानुनीअफ्ठयारालाई हल गर्न सरकार तयार छ ।” प्रधानमन्त्री ओलीले भने “कुन ऐनले कहाँकहाँ अफ्ठ्यारो पारेको छ । लेखेर ल्याउनुहोस् । त्यसलाई सम्बोधन गर्न सरकार तयार छ ।”
सरकारले लागु गरेको प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजनालाई सफल पार्न पनि सहकारीहरूको ठुलो भूमिका हुने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने “चक्लाबन्दीभएको जग्गालाई भाडामा लिएर एउटै प्लट बनाएर ठुलो मात्रामा खेती गर्ने काम सहकारीहरूले गर्नुपर्दछ । ”
महासङ्घका अध्यक्ष केशव वडालले प्रस्तावित सहकारी ऐनमा भएका केहीप्रावधानहरु सच्याउनमागगर्द प्रधानमन्त्रीओलीलाई एक ध्यान आकर्षण पत्र पेस गरेका छन् ।