चिनियाँ जनमुक्ति सेनाको तर्फबाट श्री वीरेन्द्र अस्पताललाई MRI मेशिन प्रदान

| 2023 May 18 | 09:52 am 893

काठमाडाैं, जेठ ४ः छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा अत्याधुनिक MRI (Magnetic Resonance Imaging) मेशिन जडान भएको छ । यसबाट नेपाली सेनामा प्रविधिमा आधारित स्वास्थ्य उपचार सुविधाको विस्तारमा ठूलो उपलब्धि हासिल भएको छ । जनबादी गणतन्त्र चीन सरकारबाट नेपाली सेनालाई सहयोग स्वरुप प्राप्त मेशिन औपचारिक रुपमा हस्तान्तरणका लागि आयोजित समारोहमा नेपालका लागि चीनका महामहिम राजदूत His Excellency Mr Chen Song र प्रधान सेनापति महारथी प्रभुराम शर्माले MRI मेशिन जडित कक्षको संयुक्त
रुपमा उद्‍घाटन गरे ।

No description available.

समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेनाको स्वास्थ्य
उपचार क्षेत्रमा पुर्‍याएको योगदानका लागि चीन सरकार तथा चिनियाँ जनमुक्ति सेनाप्रति नेपाली सेनाको तर्फबाट आभार प्रकट गरे ।

नेपाली जनता तथा चिनियाँ जनताहरु बीच रहँदै आएको युगौं पुरानो सुमधुर सम्बन्धका बारेमा उल्लेख गर्दै प्रधान सेनापतिले सन् २०१५ को विनासकारी भुकम्प पश्चातको उद्धार तथा पुन: निर्माण प्रयासहरुका साथै कोभिड-१९ महामारी विरुद्धका प्रयासहरुमा चीनबाट प्राप्त सहयोग नेपाली जनता तथा नेपाली सेनाका लागि स्मरणीय रहने कुरा बताए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्‍दै चिनियाँ राजदूत His Excellency Mr Chen Song ले नेपाल चीनको एक असल छिमेकीका रुपमा रहि आएको कुरा बताउनु हुँदै नेपाली सेनाको स्वास्थ्य उपचार क्षेत्रको सुधारमा सहयोग गर्न पाएकोमा प्रशन्‍नता व्यक्त गरे । उनले दुई देशका जनता तथा सरकारहरु बीचको सम्बन्ध सुमधुर रहेको तथा भविष्यमा पनि रहिरहने विश्वास समेत व्यक्त गरे ।

वीरेन्द्र अस्पतालमा आज आयोजित कार्यक्रममा बलाधिकृत रथी, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु लगायत चिनियाँ राजदूतावासका पदाधिकारी एवं चिनियाँ सैनिक सहचारीको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.