काठमाडाैं, जेठ १ः सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गा.पा. वडान नं. १ स्थाई घर भई हाल काठमाडाैं गोकर्णेश्वर न.पा. वडा नं. ३ माकलबारी बस्ने वर्ष २९ को सिद्धार्थ तामाङले लाल बहादुर खत्री समेत २ जनालाई वैदेशिक रोजगारीको लागि कम्बोडिया पठाईदिन्छु भनि रकम ठगी गरेका थिए ।
कम्बोडिया जानको लागि प्रतिव्यक्ति रु. १० लाख लाग्छ, कम्बोडिया पुगेपछि क्यासिनोमा काम लगाईदिन्छु मासिक रु. १ लाख भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेका थिए । पीडितहरूबाट पटकपटक गरी जम्मा रु. १६ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेका थिए ।
वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार भएकोमा विशेष प्रहरी टोलीले तामाङको खोजतलास गर्ने क्रममा गोकर्णेश्वर न.पा. शिवचोकबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको छ।
रोमानिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
बागलुङ बागलुङ न.पा. वडा नं. ७ घर भई हाल काठमाडाैं टोखा न.पा. वडा नं. ९ जाल्पाचोक बस्ने वर्ष ४३ को विशाल विश्वकर्माले डिल बहादुर वि.क. समेत ८ जनालाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति रु. ५ लाख ५० हजार रुपैयाँ लाग्छ, रोमानिया पुगेपछि प्रतिष्ठित कम्पनीहरुमा काम लगाईदिन्छु, मासिक रु. १ लाख तलव हुन्छ भनी
विश्वास दिलाई प्रलोभनमा पारेका थिए ।
पीडितहरूबाट पटकपटक गरी जम्मा रु. १८ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी
गरेकाले वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार भएकोमा विशेष प्रहरी टोलीले विश्वकर्माको खोजतलास गर्ने क्रममा का.म.न.पा. वडा नं. २ लाजिम्पाटबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।