तनहुँ, जेठ १ः डाँका चोरी गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेकाे छ । तनहुँ म्याग्दे गाउपालिका वडा नं.१ रुमादी स्थितमा मानिस बसोबास नगर्ने बर्ष ७५ को शिव कुमार श्रेष्ठको घरको बन्द तला चाबी फोरी तामाको गाग्री, चरेशका थाल र कचौरा समेतको भाडा बर्तन चोरी गरेका थिए ।
सोही राती म्याग्दे गाउपालिका वडा नं.१ ठुलोढापमा बस्ने बर्ष ६९ को लक्ष्मण तामाङलाई धारिलो हतियार देखाई कुटपिट गरी डर धम्की देखाई नगद रु.४६ हजार ६० रूपैयाँ डाँका चोरी गरेका थिए ।
चाेरी गर्नेहरूमा तनहुँ म्याग्दे गाउपालिका वडा नं.१ पाचधारे स्थायी घर भई ब्यास नगरपालिका वडा नं.५ बरबोटे बस्ने बर्ष २४ का समिर थापा मगर र म्याग्दे गाउपालिका वडा नं.१ दमुङ रुमादी बस्ने बर्ष २३ का दुर्ग बहादुर बि.क. रहेका छन् ।
उनीहरूलाई तामाको गाग्री लगाएतका भाडा बर्तन तथा नगद रुपैयाँ सहित पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको बताइएकाे छ ।
अबैध लागूऔषध सहित तिन व्यक्ति पक्राउ
तनहुँ आबुखैरेनी गाउपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा अस्थायी
प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले चितवनबाट पोखरा तर्फ आउदै गरेको ग २ ख ९१७ न.को बस रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार निम्न स्थान बस्ने निम्न मानिसहरुबाट लुकाई छिपाई ल्याउदै गरेको लागूऔषध गाँजा र डाईजेपामको एम्पुल समेत बरामद गरेकाे छ ।
लागूऔषध ओसार पसारमा संगलन तिनै जनालाई पक्राउ गरी लागूऔषध सहित नियन्त्रणमा लिई थप भई अनुसन्धान कार्य भई रहेको छ ।
प्रहरीकाे अनुसार रौतहट ईशनाथ नगरपालिका वडा नं.३ बस्ने बर्ष २० का अरुण पटेलले
पछाडी भिर्ने झोलाबाट डाईजेपाम १९८ एम्पुल,नोरफिन १९८ एम्पुल,फेनारागन १९८ एम्पुल गरी जम्मा ५९४ एम्पुल, चितवन ईच्छाकामना गाउपालिका वडा नं.६ पाचकिलो बस्ने बर्ष ५० की पुनम गुरुङ र तनहुँ आबुखैरेनी गाउपालिका वडा नं.४ आमबेसी डाडा बस्ने बर्ष ४२ की माया गुरुङले गाडीको डिक्किमा राखेको २ वटा लगेज ब्याग र एक जेब्रा झोलामा राखेकाे २४ किलाे गाँजा सहित नियन्त्रणमा लिएकाे प्रहरी निरीक्षक राजकुमार बि.क.ले बताए ।