काठमाडाैं, बैशाख ३०ः मिति २०७९ आश्विन २० गते धौलागिरी हिमालमा भएको भारी हिमपातमा परि हराई रहेका माउण्टेन गाईड राम बहादुर तामाङ्गको शव मिति २०८० बैशाख ३० गते बेशक्याम्पबाट नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाण्डौं ल्याईएको छ ।
मृतक तामाङ्ग मिति २०७९ आश्विन ०५ गते धौलागिरी हिमाल आरोहणको लागि कोरियाली नागरिकको टोली लिएर जाने क्रममा आश्विन २० गते भएको भारी हिमपातका कारण बेपत्ता भएका थिए । त्यसबेला देखि नै निजको उद्धारका लागि विभिन्न प्रयासहरु गरिंदै आइएकोमा प्रतिकुल मौषमका कारण कठिनाई भैरहेको थियो ।
पछिल्लोपटक नेपाली सेनाको सहयोगमा शेर्पा आरोहीहरु सम्मिलित टोलीले मिति २०८० बैशाख २८ र २९ गते खोज्ने क्रममा करिब ५ हजार मिटरको उचाइमा रहेको निजको शवलाई बेशक्याम्पसम्म ल्याइएको हो ।