सिङ्गापुर, माल्दिभ्स र दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

| 2023 May 11 | 06:17 pm 941

सिङ्गापुर पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडाैं, बैशाख २८ः झापा बाह्रदशी गा.पा. वडा नं. ६ स्थाई घर भई हाल का.म.न.पा. वडा नं. १० नयाँबानेश्वर बस्ने वर्ष २० को सृजन निरौला समेतले ओमनाथ मैनाली समेत १२ जनालाई वैदेशिक रोजगारीको लागि सिङ्गापुरमा जानको लागि प्रतिव्यक्ति रु. १४ लाख रुपैयाँ लाग्छ, सिङ्गापुर पुगेपछि प्रतिष्ठित Hotel S Group Global मा काम लगाइदिन्छु मासिक रु. ४ लाख तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी ठगी गरेका थिए ।

पीडितहरुबाट पटकपटक गरी जम्मा रु. ९५ पन्चानब्बे लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार भएकोमा  विशेष प्रहरी टोलीले निरौलाको खोजतलास गर्ने क्रममा मिति २०८०।०१।२७ गते का.म.न.पा. वडा नं. ०९ सिनांगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको छ ।

माल्दिभ्स पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
काभ्रेपलाञ्चोक धुलिखेल न.पा. वडा नं. ९ स्थाई घर भई हाल का.म.न.पा. वडा नं. ३२ जडिबुटी नरेफाँट बस्ने वर्ष ४६ को अन्जन सिग्देलले नरहरी अर्याललाई वैदेशिक रोजगारीको लागि माल्दिभ्स पठाईदिन्छु आकर्षक तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी ठगी गरेका थिए ।

पीडितबाट रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार भएकोमा  विशेष प्रहरी टोलीले सिग्देलको खोजतलास गर्दै जादा  का.म.न.पा. वडा नं.३२ जडिबुटी नरेफाँटबाट पक्राउ गरी थप अनुसन्धान तथा
कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको छ ।

दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
रसुवा कालिका गा.पा. वडा नं. ८ धुसेनी स्थाई घर भई हाल का.म.न.पा. वडा नं. ३ बसुन्धारा बस्ने वर्ष ३८ को होम बहादुर तामाङले दिनेश कुमार बुढाक्षेत्रीलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु आकर्षक तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी ठगी गरेका थिए ।

पीडितबाट रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार भएकोमा विशेष प्रहरी टोलीले निज तामाङको खोजतलासका क्रममा का.म.न.पा. वडा नं.३ बसुन्धाराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.