नवनियुक्त शाखा अधिकृतहरुद्वारा प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण

| 2023 May 11 | 04:49 pm 1093

काठमाडाैं, बैशाख २८ः नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा नेपाल सरकारका नवनियुक्त शाखा अधिकृतहरुको लागि संचालन भइरहेको “आधारभूत प्रशासनिक प्रशिक्षण” का प्रशिक्षार्थीहरुले बैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण गरेका छन् ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्का र सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बमले प्रशिक्षार्थी अधिकृतहरुलाई सशस्त्र प्रहरी बल नेपालको परिचय, काम, कर्तव्य, अधिकार र परिचालन लगायतका विविध विषयमा प्रस्तुतीकरण गरेका थिए ।

त्यसअवसरमा सशस्त्र प्रहरी बल नेपालको सांगठानिक संरचना, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको परिचालन, सीमा सुरक्षा, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, अन्य सुरक्षा निकायहरुसगँको समन्वय र सहकार्य लगायतका विविध विषयमा प्रशिक्षक तथा प्रशिक्षार्थी अधिकृतहरुले राखेका जिज्ञासाहरुको बारेमा समेत उनीहरुले
प्रष्ट पारेका थिए ।

सोही क्रममा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको सामाग्री, प्रधान कार्यालयस्थित संग्रहालय र केन्द्रीय समन्वय कक्षको अवलोकन गर्नुका साथै सो कक्षले हाल प्रयोगमा ल्याईरहेको सूचना तथा संचार प्रविधिबारे समेत प्रशिक्षार्थी अधिकृतहरुले जानकारी हासिल गरे ।

सो टोलीमा १ जना प्रशिक्षक तथा २४ जना प्रशिक्षार्थी अधिकृतहरु गरी कुल २५ जनाको सहभागिता रहेको थियो ।

चोरीपैठारीको सामान बरामद
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डा ईलाकाबाट करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र चिनी सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ अबैध रुपले ल्याउँदै गरेको उल्लेखित सामान सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (विओपी डण्डा) रुपन्देहीले बरामद गरेको हो । बरामद सामान भैरहवा भन्सार कार्यालयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.