भोजपुर उडेकाे नेपाल एयरलाइन्सको ट्विनअटरमा समस्या आएपछि काठमाडौं फर्काइयाे

रिपोर्ट नेपाल | 2023 May 11 | 08:32 am 1529

काठमाडाैं, बैशाख २८ः काठमाडौंबाट भोजपुरकाे लागि उडेकाे नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याइएको छ।

बिहिबार बिहान भोजपुरको लागि उडेको नाइन एन एबीटी कल साइन रहेको ट्विनअटरमा केही समस्या देखिएपछि काठमाडौं नै फिर्ता गरेर सुरक्षित अवतरण गरिएको नेपाल एयरलाइन्सले जनाएको छ।

ट्विनअटरको ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि उडेकाे केही समयमा नै फिर्ता गरिएकाे बताइएकाे छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.