रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम शुरू

रिपोर्ट नेपाल | 2023 May 08 | 04:51 pm 1417

काठमाडाैं, बैशाख २५ः रक्षा सम्बद्ध संचारकर्मीहरुलाई नेपाली सेनाको सांगठनिक स्वरूप, कार्यसंचालन प्रकृया लगायतका बिषयमा जानकारी गराउने उद्देश्यले २० जना संचारकर्मीहरुको सहभागितामा श्री नं.९ बाहिनी अड्‍डामा रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम (Defence Correspondent Orientation Programme) आज मिति २०८० बैशाख २५ गतेबाट थालनी भएको छ ।

श्री मध्य पूर्वी पृतना हे.क्वा. को समन्वयमा आयोजित सो कार्यक्रमका सहभागीहरूलाई श्री नं.९
बाहिनीपति सहायक रथी श्री शक्तिजंग बस्नेतले स्वागत गर्नुभएको थियो । श्री जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी श्री कृष्ण प्रसाद भण्डारीले कार्यक्रमको उद्देश्य र महत्वका बारेमा जानकारी गराए । कार्यक्रममा, रक्षा मन्त्रालयका प्रतिनिधि उप-सचिव श्री रामेश्वर पोखरेल तथा अधिकृतहरुको उपस्थिती थियो ।

अभिमूखिकरण कार्यक्रममा नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रिया सहितको जानकारीमूलक कार्यक्रम सञ्‍चालन गरिने छ । यस्तै, सहभागीहरुबाट सिन्धुली गढी युद्ध संग्रहालय लगायतको भ्रमण पनि हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.