चार डिआईजी र २७ एसएसपीको एकसाथ सरुवा, को-कहाँ पुगे (सूचीसहित)

| 2018 Aug 16 | 06:34 am 1602

काठमाडौं, साउन ३१: गृहमन्त्रालयले नेपाल प्रहरीका ४ जना डिआईजी र २७ जना (प्रहरी बरिष्ठ उपरिक्षक) एसएसपीहरुको सरुवा गरेको छ। बुधबार साँझ मन्त्रालयले चार जना डिआईजीका साथै २७ जना एसएसपीको सरुवा गरेको हो ।

डिआईजी धिरु बस्न्यातलाई अपराध अनुसन्धान विभाग अ.नि. ब्यूरोबाट प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयमा सरुवा गरिएको छ। प्रदेश प्रहरी कार्यालय प्रदेश नं ६ सुर्खेतमा कार्यरत डिआईजी सुरेशविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयमा सरुवा गरिएको छ।

त्यस्तै प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयमा कार्यरत महेश विक्रम शाहलाई प्रदेश प्रहरी कार्यालय प्रदेश नं ६ सुर्खेतमा सरुवा गरिएको छ। यस्तै डिआईजी सुरज केसीलार्इ प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयबाट प्रदेश प्रहरी कार्यालय प्रदेश नं ७ दिपायल सरुवा गरिएको छ ।

गृह मन्त्रालयले २७ जना एसएपीको पनि सरुवा गरेको हो। मन्त्रालयले सबैभन्दा बढी चर्चामा रहेको महानगरीय प्रहरी परिसर, काठमाडौंमा एसएसपी वसन्त लामालाई सरुवा गरेको छ।

हालका प्रमुख एसएसपी विश्वराज पोखरेलको ठाउँमा एसएसपी लामालाई सरुवा गरिएको हो गृहमन्त्रालयले एसएसपी पोखरेललाई दिल्लीस्थित नेपाली दूतावासमा सरुवा गरेको छ।

लामा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा थिए। एसएसपी लामा मोरङमा भएको सनम शाक्य हत्या र सुन तस्करीबारे घटना बारे छानविन गर्ने सरकारले गठन गरेको उच्चस्तरीय छानविन टोलीका सदस्य समेत थिए।

त्यस्तै महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी गणेश ऐरको ठाउँमा एसएसपी रविन्द्र धानुकलाई सरुवा गरिएको छ। यस्तै एसएसपी ऐरलाई प्रहरी प्रधान कार्यालय कल्याण शाखामा सरुवा गरिएको छ ।

एसएसपी धानुकले यसअघि काठमाडौं प्रहरीको प्रमुख भएर काम गरेका थिए। अवधी नपुग्दै उनलाई अञ्चल प्रहरी कार्यालय, धौलागिरी पठाएको थियो। अञ्चल प्रहरी कार्यालय खारेज भएपछि धानुक हाल चार नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए।

गृह मन्त्रालयले ६ महिनाअघि रवीन्द्र धानुकलाई हटाएर विश्वराज पोखरेललाई काठमाडौंको प्रमुखमा ल्याएको थियो।

हेर्नुहोस् , को–कहाँ पुगे ? सूचीसहित

डिआइजी

एसएसपीको सूची

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.