सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

रिपोर्ट नेपाल | 2023 May 05 | 07:33 am 1201

पाल्पा, वैशाख २१ः सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–५, चर्चरे नजिकै सुख्खा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो । शुक्रवार बिहान ५ बजेतिर सडकमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक बन्द भएपछि पाल्पाबाट बुटवलतर्फ जाने र बुटवलबाट पाल्पातर्फ आउने यात्रु बिच बाटोमै रोकिएका छन् । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.