अर्घाखाँचीमा ढुंगाले लागेर एक महिलाको मृत्यु

| 2023 May 03 | 04:27 pm 1045

अर्घाखाँची, बैशाख २०ः अर्घाखाँचीको सुपा देउराली मन्दिर परिसरमा माथिबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ।

मन्दिर परिसरमा पसल सञ्चालन गर्दै आएकी सन्धिखर्क नगरपालिका–७, बागमारा निवासी ३५ वर्षिय कल्पना थापाको ढुङ्गाले लागेर मृत्यु भएको वडा अध्यक्ष चुरा बहादुर केसीले जानकारी दिए।

विगत ३ वर्ष देखि उनले मन्दिर परिसरमा पूजाका सामग्रीको व्यवसाय गर्दै आएकी थिइन्। पसल बाहिर बसिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गाले लागेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.