सवारी ज्यान मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ

रिपोर्ट नेपाल | 2023 May 03 | 04:13 pm 1085

काठमाडाैं, बैशाख २०ः सवारी ज्यान मुद्दाका फरार एक अभियुक्तलाई ११ वर्षपछि प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा ओखलढुंगा सुनकोशी गा.पा. वडा नं. १ घर भएका वर्ष ३५ का झलक बहादुर मगर रहेका छन् ।

मिति २०६९।०८।२८ गते ललितपुर जिल्ला साविक ईमाडोल गा.वि.स. वडा नं. ६ स्थित कृष्ण मन्दिर अगाडी सडक बाटोमा बा १ ख ७५७९नं. को महेन्द्र निशान ट्रक (मिनि ट्रक) ले पैदल यात्री पुरुष व्यक्तिलाई ठक्कर दिंदा घाईते भई औषधी उपचारको क्रममा मिती २०६९।०८।३० गते अं.१६:१५ बजेको समयमा वि.एण्ड.वि. अस्पताल, ग्वार्को, ललितपुरमा मृत्यु भएकाे थियाे ।

सवारी ज्यान मुद्दामा वारदात पश्चात भागी हाल सम्म लुकी छुपी बसेका फरार अभियुक्त उक्त मिनि ट्रक चालकलाई मिती २०८०।०१।१७ गते पक्राउ गरी थप अनुसन्धान भईरहेको जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.