मुस्ताङमा चोरी गर्ने फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल | 2023 May 02 | 04:43 pm 1281

काठमाडाैं, बैशाख १९ः मुस्ताङमा चोरी गर्ने फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ ।पक्राउ पर्नेमा रामेछाप सुनापति गा.पा. वडा नं. ०२ लामा टोलका ३२ बर्षीय राजकुमार मोक्तान रहेका छन् ।

मिति २०७९/०९/१२ गते मुस्ताङ वारागुङ गा.पा. वडा नं. १ स्थित छिरिङ खाजाघरको झ्यालबाट प्रवेश गरी नगद रु ५ लाख चोरी गरी फरार रहेका मोक्तानलाई पक्राउ गरी दिन भनि जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट पत्राचार भई आएकोमा उनको खोजतलास गर्ने क्रममा प्रहरी टोलीले मिति २०८०/०१/१७ गते भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ५ जगातिबाट फेला पारी पक्राउ गरी आवश्यक कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय, मुस्ताङ पठाईएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

मोटरसाईकल चोरी गर्ने २ व्यक्ति पक्राउ

काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानहरुबाट मोटरसाईकलहरु चोरी हुने गरेको भन्ने सुचना यस कार्यालयमा प्राप्त भए पश्चात उक्त घटनाको अनुसन्धानको क्रममा यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले मिति २०८०/०१/१५ गते ललितपुर भैँसेपाटीबाट पक्राउ गरेकाे छ ।

सिन्धुपाल्चोक बाहृबिसे न.पा. वडा नं. ३ धार्पा घर भई हाल ललितपुर भैँसेपाटी बस्ने वर्ष २५ को विजय भन्ने लोक बहादुर पाख्रिनलाई बाग्मती प्रदेश ०२-०२८ प ४४४८ नम्बरको २२० सिसीको पल्सर मोटारसाईकल सहित पक्राउ गरेकाे हाे ।

पक्राउ पश्चात् सोधपुछ गर्दै जाँदा काभ्रे तिमाल गा.पा. वडा नं. ७ धुल्खु घर भई हाल बौद्ध नयाँबस्ति बस्ने बर्ष २८ को हेमा भन्ने सुजन तामाङले दिएको भनि उनलाई सोधपुछ गर्दा उक्त मोटरसाइकलको वास्तविक नम्बर बा.प्र.०२ ०२१ प ४१७२ खुलेकाले मोटरसाईकल सहित  उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानको लागि प्रहरी वृत चापागाँउ पठाईएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.