कांग्रेस नेता भण्डारी आज नेपाल आउदै

रिपोर्ट नेपाल | 2023 Apr 30 | 11:15 am 2881

काठमाडौं, बैशाख १७ः आफ्नै घरमा ग्यास लिक भइ आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं संघीय सांसद चन्द्र भण्डारी आज नेपाल आउने भएका छन्।

भारतको मुम्बई स्थित अस्पतालमा उपचार गराइ रहेका भण्डारीले थप उपचार नेपालमै गराउने भनेपछि अस्पतालले डिस्चार्ज दिएको हाे।

नेता भण्डारी निकट कांग्रेसका युवा नेता माधव न्याैपानेका अनुसार आज दिउसो २.५५ काे नेपाल एयरलाइन्सकाे उडानबाट ५ वजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेता भण्डारी उत्रिने कार्यक्रम रहेको छ।

नेता भण्डारीसँग दाजु मिनप्रसाद भण्डारी ,धर्मपत्नी लक्ष्मी पाण्डे भण्डारी ,स्वकीय सचिव बाेधराज कडेल आउने नेता न्याैपानेले जानकारी गराएका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.