गुल्मीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2023 Apr 27 | 11:38 am 1073

गुल्मी, वैशाख १४ः गुल्मीको मालिका गाउँपालिका -२ दर्लिङ्गको दुनाममा गए राती करिब ११ः४० बजे जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा गाडिका सह-चालक बागलुङ बडिगाड गाउँपालिका -९ बल्गास बस्ने १८ वर्षीय किशोर केसी रहेका छन् । दर्लिङ्गदेखी बागलुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल क्याब जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोही ठाउँका चालक २१ वर्षीय प्रेम केसी घाइते भएका छन् ।

घाइते केसीको अवस्था मध्यम रहेकोले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपको एक्कासि ब्रेक फेल भएर सडकभन्दा करिब १५० मिटर तल खसेको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.