पूर्ण विद्युतीकरणका लागि सांसद बर्तौलाको कसरत

रिपोर्ट नेपाल | 2023 Apr 25 | 07:52 am 1277

मकवानपुर, बैशाख १२ः मकवानपुरमा पूर्ण विद्युतीकरणका लागि सांसद बर्तौलाले कुलमान घिमिङसँग छलफल गरेका छन् ।

मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित संघीय सांसद महेश बर्तौला र नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङबीच मकवानपुरमा पूर्णरूपमा विद्युतीकरण गर्ने विषयमा छलफल गरेका हुन् ।

मकवानपुरका राक्सिराङ, कैलाश तथा मनहरिका केही गाउँमा अझै पनि विद्युत् नपुगेको जानकारी प्राप्त गरेपछि सांसद बर्तौला घिसिङसँग छलफलका लागि प्राधिकरणको कार्यालयमा नै पुगेका हुन् ।

सांसद बर्तौलासँगै विद्युतीकरणका विषयमा छलफलका लागि प्राधिकरण पुगेका राजन लामाका अनुसार बर्तौलाले महानिर्देशक घिसिङलाई मकवापुरमा सडकबीच पिच तथा ढलान गरिएको अवस्थामा विद्युत्को पोल’bout समेत चर्चा भएको थियो ।

मकवानपुरको मनहरि गाउँपालिका र थाहा नगरपालिकाको मार्खु सबस्टेसनको ३३ केभीको प्रसारण लाइनको काम सम्पन्न हुन ढिलाइ भएको, गाउँगाउँमा रहेको काठको पोल विस्थापन गरी फलामे पोल राखिनुपर्ने, ट्रान्सफर्मर थप गर्नुपर्ने तथा परिवर्तन गर्नुपर्ने अवस्थामा रहेको बताए ।

बर्तौलाले केही गाउँमा राम्ररी बत्ती बाल्न पनि भोल्टेजको समस्या रहेको बताउँदै यी कठिनाइलाई कसरी समन्वयात्मक हिसाबले समाधन गर्ने’bout छलफलको सुरुवात गरेको थियो ।

विद्युत् प्राधिकरणका महानिर्देश घिसिङले आफू कार्यान्वयन गर्न बसेकाले जहाँ विद्युत् पुगेको छैन त्यहाँ तत्कालै विद्युत पु¥याउने कदम चालिने बताए । छलफलकै क्रममा घिसिङले फोनमार्फत मनहरि सबस्टेसनको कामको प्रगतिको विवरण मागेका थिए ।

एक महिनाभित्र सबस्टेसनको सबै काम सक्न मातहतका कर्मचारीलाई निर्देशन दिए । नेपालमा भौतिक पूर्वाधारको विकासमध्ये सडक सञ्जालको विकास अत्याधिक भएकोमा खुसी व्यक्त गर्दै सडक खनेर पोलबीच आइपुगेका पोलहरू सार्न सम्बन्धित गाउँपालिकाले २० प्रतिशत र नगरपालिकाले ३० प्रतिशत लगानीमा बाँकी प्राधिकरणको लागानीमा आफूले पोल सार्ने कार्यविधि बनाएर काम अघि बढाएको बताए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.