जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

| 2023 Apr 23 | 06:00 pm 1593

दाङ, बैशाख ९ः वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१ बाहुनटाढी बस्ने २१ वर्षीय राम नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित खरबारीमा लगी रामले बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्याल दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित पक्राउ

कैलाली, लम्कीचुहा नगरपालिका-१ भुरुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ सय २० मिलिग्रामसहित कैलाली घोडाघोडी नगरपालिका-२ साडेपानी बस्ने २९ वर्षीय दिपक सुनारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा खल्तीमा लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, टीकापुर नगरपालिका-१ वन कार्यालय नजिक  सडक खण्डबाट अवैध लागूऔषध चरेस ८ सय मिलिग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर कृष्णपुर नगरपालिका-५ बस्ने २७ वर्षीय पुष्पराज जैशी र सोही ठाउँ बस्ने २३ वर्षीय डेनी प्रसाद जोशी रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले म.२ प ८६७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त चरेशसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.