चितवन, वैशाख १०ः चितवन क्षेत्र नं २ मा मतदान गर्न मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ । आज बिहानैदेखि लाइनमा बसि मतदान गर्न मतदाता उत्सुक देखिएका छन् ।
आज हुने उपनिर्वाचनमा चितवन -२ ,बारा -२ र तनहुँ -१ मा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । गाेरखापत्र अनलाइनबाट