काठमाडाैं, बैशाख ८ः वादी नेपाल सरकार प्रतिवादी रश्मी सिग्देल भएको (बैकिङ कसुर मुद्दा (०७९-CB- १९४०) मा सम्मानित उच्च अदालत पाटन, ललितपुरको मिति २०७९।११।२३ गतेको फैसला अनुसार फरार रहेकी रश्मी सिग्देललाई प्रहरीले पक्राउ गरेकाे छ ।
उनले तिर्न बाँकी रहेको जरिवाना रु.२६ लाख ९८ हजार ५ सय रूपैयाँ नतिरी फरार रहेको हुँदा सिग्देललाई खटिगएको प्रहरी टोलीले मिति २०८०।०१।०६ गते जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ४ बाट पक्राउ गरी फैसला कार्यन्वयनको लागि सम्मानित भक्तपुर जिल्ला अदालतमा पठाइएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।