काठमाडाैं, बैशाख ४ः मलेसिया पठाईदिन्छु भनी रकम ठगी गरेकाे अभियाेगमा एक महिलालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नं. १० बानेश्वर थापागाउँ बस्ने वर्ष ५१ की बिमला थापा रहेकी छन् ।
उनले कमल चौधरीलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु राम्रो कम्पनीमा काम लगाईदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी रकम लिई सम्पर्क विहीन भई ठगी गरेकी थिइन् ।
त्यसै क्रममा वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा विशेष प्रहरी टोलीले बिमला थापाको खोजतलास गर्ने क्रममा साेमबार काठमाडाैं बानेश्वर थापागाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।