गुल्मेली अधिकृतको अध्यक्षमा घिमिरे निर्वाचित

| 2023 Apr 16 | 08:13 am 7193

काठमाडौं, बैशाख ३ः गुल्मी जिल्लाको विभिन्न पालिकाहरुमा स्थायी बसोबास भई देशका विभिन्न स्थानमा सेवारत अधिकृतको छाता संगठन गुल्मेली अधिकृत समाजको छैठौं साधारण सभा एक विशेष समारोहका बिच समपन्न भएको छ ।

No description available.

सर्वोच्च अदालतका मुख्य रजिष्टार लाल बहादुर कुँवरको प्रमुख आतिथ्यता र पूर्व मुख्य सचिव लिलामणी पौडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न साधारण सभाको सभापतित्व समाजका अध्यक्ष शंकर प्रसाद खरेलले गरेका थिए ।

साधारण सभाले अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेको अध्यक्षतामा एघार सदस्य नयाँ कार्य समिति चयन गरेको छ ।

अधिकृत समाजको उपाध्यक्षमा जीवलाल भुसाल, महासचिव तोयनारायण सुवेदी, कोषध्यक्ष नारायण ज्ञवाली, सचिव कविराज श्रेष्ठ, सदस्य अर्जुन प्रसाद आचार्य, दयानिधि ज्ञवाली, मञ्जु पौडेल, गीता पोखरेल, जितेन्द्र सिंह थापा, कल्पना अर्याल सर्वसम्मत निर्वाचित भएका हुन् ।

काठमाडौंको बुद्धनगर पार्टी प्यालेसमा आयोजित साधारण सभामा नयाँ थप भएका आजिवन सदस्यलाई प्रमाण पत्र प्रदान गर्नुका साथै २०८० सालको क्यालेण्डर समेत वितरण गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.