शताब्दी पुरुष सत्यमोहनकि धर्मपत्नी राधादेवीको ९९ वर्ष निधन

रिपोर्ट नेपाल | 2023 Apr 15 | 11:05 am 1389

काठमाडौं, वैशाख २ः शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको ९९ वर्षको उमेरमा शनिवार बिहान निधन भएको छ । बिहान ५ः५६ बजे उपचारको क्रममा उनका मृत्यु भएकाे स्वकीय सचिव तेजकुमार महर्जनले जानकारी दिए ।

दिर्घरोग नभएकी उनी खाना खाएसँगै वान्त गर्ने भएपछि २० दिनयता देखि अस्पतालमा नियमित स्वास्थ्य जाँचमा थिइन् । उनी एक महिना पछि सय वर्ष पुग्दै थिइन् । उनका श्रीमान् शताब्दी पुरुष सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो ।

श्रीमानको जस्तै उनको पनि मृत्यु पश्चात् शरीरका सम्पूर्ण अङ्ग अस्पताललाई नै दान गर्ने महर्जनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.