रमाइलो मेलामा ठेलमठेल हुँदा १६ जना घाइते

रिपोर्ट नेपाल | 2023 Apr 15 | 08:15 am 1025

इलाम, वैशाख २ः नयाँ वर्षको अवसरमा इलाम सदरमुकामको ठुलो टुँडिखेलमा चलिरहेको रमाइलो मेलामा ठेलमठेल हुँदा मेला हेर्न गएका १६ जना घाइते भएका छन् । घाइते मध्ये छ जनालाई थप उपचारका लागि झापाका अस्पतालमा रेफर गरिएको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए ।

सामान्य घाइते भएका दश जना भने इलाम अस्पतालमा सामान्य उपचार पछि घर फर्किएका छन् । इलाम स्थित राहसल बाल अनाथालयको आर्थिक सहयोगको लागि आयोजना गरिएको मेलामा हिजो बेलुकाको साङ्गीतिक कार्यक्रममा प्रमोद खरेलको प्रस्तुति हेर्न मानिसहरू ठुलो सङ्ख्यामा भेला भएका थिए ।

टिकट काटेर कार्यक्रम हेर्न गएका मानिसहरू भीड धेरै भएपछि टुँडिखेल छिर्ने गेटमै ठेलमठेल हुँदा गेट भत्किए पछि मानिसहरू घाइते भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.