बाढीग्रस्त क्षेत्रको निरिक्षणमा प्रकाशमान

रिपोर्ट नेपाल | 2018 Aug 15 | 09:28 am 1697

काठमाडौं, साउन २३: नेपाली कांग्रेसका नेता तथा सासंद प्रकाशमान सिंह बाढीग्रस्त क्षेत्रको निरिक्षणमा अनामनगर पुगेका छन्।

मंगलबार राति आएको अविरल वर्षाका कारण धोबी खोलामा आएको बाढीले खोला आसपासका क्षेत्रका बस्तीमा क्षति पुगेको छ। धोवी खोलामा आएको बाढीका कारण बस्ती डुवानमा परेपछि यहि क्षेत्रबाट निर्वाचित सासंद सिंह जनताका पिरमर्का बुझ्‍न बाढीग्रस्त क्षेत्रमा पुगेका हुन्।

बाढीले अमाननगर, घट्टेकुलो, गौशला, सिनामंगल, कालोपुल, गुहेश्वरीलगायतका क्षेत्र डुबानमा परेका हुन्।

बाढी घर भित्रै पसेपछि दजनौं परिवार विस्थापित भएका छन् । घरको तल्लो तलामा रहेका भाडकुडादेखि ओड्ने ओछ्याउने समेत डुवाएपछि स्थानीयको भागाभाग भएको थियो।

राती करिब २ बजेतिर धोवीखोला बस्ति क्षेत्रमा पसेपछि अनामनगर र घट्टेकुलो क्षेत्रको नदि किनार नजिकका बासिन्दाहरु डुवानको चपेटामा परेका हुन्। अहिले डुवानमा परेका समानहरु निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.