सफा हिमाल अभियान २०२३

| 2023 Apr 14 | 07:49 am 1313

काठमाडाैं, बैशाख १ः जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाईमा मिति २०७९ चैत्र १४ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माबाट Campaign Leader हरुलाई Campaign Flag हस्तान्तरण पश्चात सगरमाथा, ल्होत्से, वरुञ्चे र अन्नपूर्ण हिमाल सफाई कार्यको लागि खट्टिएका नेपाली सेनाको जनशक्ति मध्ये सगरमाथा र ल्होत्से हिमालका लागि प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वको १३ जनाको टोली आज मिति २०७९/१२/३० गते सगरमाथा आधार शिविरमा पुगेको छ ।

यस अभियान अन्तर्गत अन्‍नपूर्ण हिमाल सफाईमा संलग्न टोली गत चैत्र १७ गते नै अन्‍नपूर्ण आधार
शिविर पुगी फोहोर संकलन गर्ने कार्यको थालनी गरिसकेको छ भने बरुञ्‍चे हिमाल सफाई टोली उक्त हिमालको आधार शिविर पुग्ने क्रममा रहेको छ । उक्त टोलीहरु हिमाल सफाई कार्यलाई थप प्रभावकारी बनाउन आफूलाई हिमाली वातावरण अनुकुल तुल्याउन विभिन्न क्रियाकलापहरुमा जुटेका छन् ।

AN ENDEAVOUR TO SAVE THE HIMALAYAS भन्ने Theme का साथ सञ्चालन भईरहेको यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालहरुबाट करिब ३५ टन फोहोर संकलन गर्ने लक्ष्यका साथ विश्व वातावरण दिवस (June 5) सम्म संचालन हुने उक्त अभियान‌ले विश्वब्यापी चुनौतीको रूपमा रहेको वातावरणीय प्रदुषण तथा विश्व तापमान‌को असरलाई न्यून गर्न सचेतना अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.