मापसे गरी सवारी चलाउने दुई जना चालकमाथि मुद्धा

रिपोर्ट नेपाल | 2023 Apr 10 | 07:57 am 949

काठमाडाैं, चैत २७ः मदिरा पिएर सार्वजनिक सवारी साधन चलाउदै गर्दा काठमाडौंको बानियाटार र जरङखुबाट पक्राउ परेका चालकलाई मुद्धा चलाइएको छ । काठमाडौँको जरङखुबाट शुक्रबार पक्राउ परेका बा २१ च ३९ ७६ नम्बरको एम्बुलेन्स चालक धादिङको सिद्धलेख गाउँपालिका ३ घर भइ हाल काठमाडौँको तारकेश्‍वर बस्ने ३९ वर्षीय सोम श्रेष्ठलाई ५ दिन म्याद थप गरी प्रहरी वृत्त बालाजुबाट अनुसन्धान सुरु भएको छ ।

त्यस्तै, काठमाण्डौको बानियाटारबाट पक्राउ परेका बा २ ज २७ २६ नम्बरको ट्याक्सी चालक काभ्रेपलाञ्चोक घर भइ हाल काठमाडौँको चौमती बस्ने २८ वर्षीय मेक मान तामाङमाथि पनि  ५ दिन म्याद थप गरी प्रहरी वृत महाराजगंजबाट आवश्यक अनुसन्धान शुरु भएको छ ।

मादक पदार्थ सेवन गरि एम्बुलेन्स तथा भाडाका सवारी साधन चलाउनु आफैमा निन्दनीय कार्य रहेको र यसले गर्दा आफु मात्र नभइ यात्रुको ज्यान समेत जोखिममा पर्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

रमाइलोको बहानामा पिएको नशालु पदार्थले मस्तिष्कको सोचाई क्षमतामा ह्रास आउने र सवारी साधनको रफ्तार आंकलन गर्न नसक्ने हुँदा दुर्घटना हुने र सम्भावित दुर्घटना रोकथामका लागि रात्रिकालिन मापसे चेकजाँचलाई ट्राफिक प्रहरीले तिव्रता दिइएको समेत उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.