सामाजिक संजालबाट ६० लाख ठगी गर्ने व्यक्ति पक्राउ

| 2023 Apr 09 | 05:36 pm 929

काठमाडौं, चैत २६: सामाजिक संजाल फेसबुकमा युवतीको नक्कली आइडी बनाएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका-२ घर भएका २६ वर्षीय विश्व शर्मा रहेका छन्।

शर्माले फेसबुकमा साथी बनाई कुराकानी गर्दै आएका थिए। माया प्रेमको कुराकानी गरेर युवकहरूसँग पटक-पटक रकम माग गरेपछि पीडितले विभिन्न बैंक खाताहरू तथा डिजिटल वालेटहरू मार्फत करिब ६० लाख रुपैयाँ पठाएको प्रहरी अनुसन्धानले देखाएको छ।

शर्माले थप रकम मागेपछि पीडितले प्रहरीमा निवेदन दिएका थिए। प्रहरीले शर्मालाई मोदी गाउँपालिकाबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।

काठमाडौं जिल्ला अदालतले पाँच दिन म्याद थप गरी उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.