वैदेशिक रोजगारीको लागि विदेशमा काम गर्दा गर्दै विविध कारणले मृत्यू भएका तथा बिदामा नेपाल आउँदा मृत्यू भएका नेपालीहरुले बीमा बापत पाउने बीमा रकम मृतकका आफन्तहरुलाई दिलाई दिन्छु भनी बीमा बापत प्राप्त हुने रकमको केही रकम मात्र आफन्तलाई दिई बाँकि रकम लिई ठगी गरेका जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
गोप्य सूचनाका आधारमा विशेष अनुसन्धान टोलीले त्यस्ता कार्यमा संलग्न रहेका व्यक्तिहरुको निग्रानी राखी खोजतलास गर्ने क्रममा मिति २०७९।१२।२३ गते दिउँसाे काठमाण्डौ गोंगबु स्थितबाट राम बहादुर तामाङ समेत ६ जना व्यक्तिहरुलाई विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्यूदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनिको लेटरप्याड लगायतका महत्वपूर्ण अन्य विविध कागजातहरु सहित फेला पारी निजहरुलाई पक्राउ गरी ठगी सम्बन्धि कसुरमा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।
पक्राउ पर्नेहरू
1. नामः राम बहादुर तामाङ उमेर : ४१ वर्ष ठेगानाः जिल्ला काभ्रेपलाञ्चोक रोशी गा.पा. वडा नं. १२,
2. नामः विनोद कुमार लामाउमेर: ३४ वर्ष ठेगानाः जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं. ८ ।
3. नामः डिक बहादुर मल्ल उमेर: ४० वर्ष ठेगानाः जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं. ८
4. नामः रविन भन्ने रविन्द्र मोक्तान उमेर: ३५ वर्ष ठेगानाः जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं. ८
5. नामः प्रकाश बहादुर गोले उमेर: ३५ वर्ष ठेगानाः जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं. ८
6. नामः रुद्रमान गोले उमेर: ३९ वर्ष ठेगानाः जिल्ला सर्लाही हरिवन न.पा. वडा नं. २