बोलेरो जीप दुर्घटना हुँदा रामेछापमा ४ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2023 Apr 06 | 09:11 pm 1873

रामेछाप, चैत २३: रामेछापको मन्थली नगरपालिका-७ भुटौली स्थित कौछिनीमा बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको  छ।

सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका-७ बटौलीको कौछिनी जाँदै गरेको बा ११ च ५५३ नम्बको बोलेरो कौछिनीस्थित मगर टोलमा दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको ज्यान गएको स्थानीय बलबहादुर तामाङले जानकारी दिए।

मृतको पहिचान भइसकेको छैन। दुर्घटना स्थलमा प्रहरी पुगेर उद्धारको कार्य भैरहेको र घटनाको विस्तृत विवरण आउन बाँकी नै छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.