सशस्त्र प्रहरीको गोताखोर टाेलीद्वारा सेती नदिमा बेपत्ता गुरुङ्गको शव फेला

रिपोर्ट नेपाल | 2023 Apr 06 | 08:11 am 1241

कास्की, चैत २३ः गत माघ ९ गते सेती नदिमा हाम फालेर बेपत्ता भएका कास्की जिल्ला
माछापुच्छ्रे  गाउँपालिका ६  घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्ने ४४ वर्षिय बिश्व बहादुर गुरुङ्गको शव हिजाे बुधबार सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । उनी गत माघ ९ गते उक्त नदिमा हाम फालेर बेपत्ता भएको बताईएको छ ।

सोही जिल्लाको पोखरा महानगरपालिका १६ दिपस्थित के.आई. सिंह पुलबाट सोही महानगरपालिका १९ लामाचौर बस्ने ३१ वर्षिया अल्का गुरुङ्ग चैत्र २१ गते मंगलबार उक्त नदिमा हाम फालेको भन्ने खबर प्राप्त भए पश्चात नम्बर २४ कालिका  गण मालेपाटन पोखराबाट गएको गोताखोरसहितको टोलीले उनको खाजीकार्य गर्ने क्रममा बिश्व बहादुर गुरुङ्गको शव फेला पारेको हो ।

अल्का गुरुङ्गको खोजीकार्य जारी रहेको छ । गुरुङको शव पोष्ट मार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.