सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो ईन्द्रसरोवर तालमा बेपत्ता भएकाको शव

| 2023 Apr 05 | 05:10 pm 1117

मकवानपुर, चैत २२ः ईन्द्रसरोवर तालमा र्‍याफ्टिङ्ग गर्ने क्रममा बेपत्ता भएका काठमाडौ जिल्ला दक्षिणकाली नगरपालिका ३ बस्ने ३५ वर्षिय राजकुमार सुवेदीको शव ४५ फिटको गहिराईबाट निकालिएको छ  ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण काठमाडौबाट गएको गोताखोरले बुधबार सुवेदीको शव निकालेको हो ।

ईन्द्रसरोवर गाउँपालिका १ कुलेखानी जलविद्युत आयोजनाको ईन्द्रसरोवर तालमा र्याफ्टिङ्ग गर्ने क्रममा मंगलबार उनी सो तालमा हामफाली बेपत्ता भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.