रुपन्देही, चैत २१ः जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा सीमा ईलाकाबाट मंगलबार करीव १ लाख ३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद भएको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, मोबिल र डोर लक प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बिओपी डण्डा) ले बरामद गरेको हो । बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको छ ।
चोरीपैठारी तथा निकासीको सामानसहित मोटरसाईकल नियन्त्रणमा
सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ४ स्थित कुशाहा सीमा ईलाकाबाट मंगलबार करीव २ लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामान र दुई वटा मोटरसाईकल नियन्त्रणमा लिइएको छ ।
उक्त मोटरसाईकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा तथा चिनी र भारततर्फ लैजादै गरेको मदिरा प्रस्तावित सीमा सुरक्षा गुल्म पातो (बिओपी पातो) ले नियन्त्रणमा लिएको हो ।
बरामद सामान तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालयमा बेल्ही तिलाठीमा बुझाईएको छ ।