चोरीपैठारीको सामानसहित पिकअप गाडी नियन्त्रणमा

| 2023 Apr 03 | 08:24 pm 1965

मकवानपुर, चैत २०ः जिल्लाको हेटौडा उपमहानगरपालिका १५ स्थित चुरियामाई मन्दिर ईलाकाबाट चैत्र २० गते करीव १६ लाख रुपैयाँ बराबरको सामानसहित पिकअप गाडी नियन्त्रणमा लिइएको छ ।

बाग्मती प्रदेश ०१–०२५च ५२३० नम्बरको गाडीमा राखेर ल्याउँदै गरेको ४३ बोरा स्पेशल मिल्क पाउडर र ५५ वटा खाली क्यारेट नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो । साथै उक्त गणले सोही स्थानबाट करीव ४ लाख ८३ हजार रुपैयाँ बराबरको मोवाईल कभर, टेम्पर ग्लास लगायतका सामान नियन्त्रणमा लिएको हो ।

बरामद सामान तथा गाडी आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.