अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य पुनर्स्थापना तथा सचेतना कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल | 2023 Apr 02 | 07:51 am 1133

तनहुँ, चैत १९ः व्यास नगरपालिकाको आर्थिक सहयोग र सहृदयी मन्च तनहुँ नेपालको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ पुनर्स्थापना तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले व्यास नगरपालिका भित्रका २० जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरु र ४ जना हेमोफेलिया भएका व्यक्तिहरूलाई स्वास्थ पुनर्स्थापना अन्तर्गत औषधि वितरण गरेका थिए ।

उक्त कार्यक्रममा व्यास नगरपालिका सामाजिक विकास समितिका संयोजक वडा नम्बर १४ का वडा अध्यक्ष काजीमान श्रेष्ठ, रिसेड तनहुँका अध्यक्ष पदम बहादुर परियार, तनहुँ नेत्रहीन संघका अध्यक्ष चीन बहादुर कुमाल, अपाङ्गता महिला सशक्तिकरण समाजका अध्यक्ष तारादेवी पौडेल, व्यास नगरपालिका स्वास्थ तथा जनसंख्या शाखाका प्रमुख प्रमोद सोती, अपाङ्गता अधिकारकर्मी मदन पौडेलले अपाङ्गता भएका व्यक्तिको स्वास्थ पुनर्स्थापनाको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

सहृदयी मन्च तनहुँ नेपालका अध्यक्ष सावित्री सुवेदीको अध्यक्षता सप्पन्न कार्यक्रममा स्वागत मन्चका SFC समिति सदस्य विराजमान कुमाल र संचालन सचिव कृष्ण थापाले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.