राष्ट्रपति पाैडेल अस्पताल भर्ना

| 2023 Apr 02 | 07:12 am 1257

काठमाडौं, चैत १९ः राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन् । पेटमा समस्या भएपछि उहाँ शनिबार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिए ।

“राष्ट्रपति पौडेल पेटमा समस्या आएपछि अस्पतालमा भर्ना हुनुभएको हो”, उनले भने । अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भइ उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा भर्ना भएको र उनी हाल चिकित्सकहरुको निगरानीमा रहेको अस्पतालले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.