विप्लव समूहका प्रवक्ता ‘प्रकाण्ड’लाई म्याद थप गर्न अदालत लगिँदै

रिपोर्ट नेपाल | 2018 Aug 14 | 05:17 pm 1765

काठमाडौैं, साउन २९ : नेपाल कम्यूनिस्ट पार्टी माओवादी विप्लव समूहका प्रवक्ता बहादुर विश्वकर्मा प्रकाण्डलाई म्याद थप गर्न अदालत लगिँदै छ। दश दिनको म्याद थपको माग राखेर अदालत पेस गर्न लागिएको प्रहरीले जनाएको छ।

गैरकानूनी रुपमा ७ करोडभन्दा बढी चन्दा उठाएको भन्दै साउन २२ गते पक्राउ परेका ‘प्रकाण्ड’लाई सर्वोच्चले सोमबार ४८ घण्टा भित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

बन्दी बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै कायम कायममुकायम प्रधानन्यायाधीश ओम प्रकाश मिश्रको एकल इजलासले सरकारको नाममा थुनामा राख्नुको लिखित कारण सहित बाटोको म्याद बाहेक ४८ घण्टा भित्र सर्वोच्च अदालतमा पेस गर्न आदेश दिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.