चोरीका खसी बोका किनबेच गर्ने तीन जना पक्राउ

| 2023 Mar 31 | 02:16 pm 1181

काठमाडौं, चैत १७ः चोरीका खसी बोका किनबेच गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार विहान चेकजाँच गर्ने क्रममा बा.२ ज.४३२७ नम्बरको ट्याक्सीमा बोकासहित फेला परेका व्यक्तिलाई सोधपुछ गर्दा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछापको दोरम्वा–१ घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने २४ वर्षीय सुमन तामाङ, त्यही बस्ने ४० वर्षीय मिलन तामाङ र रामेछापको मन्थली नगरपालिका–५ सुनारपानी घर भई हाल पेप्सीकोला बस्ने ४३ वर्षीय दिलबहदुर कार्की छन् ।

काभ्रेपलान्चोकको आठ स्थान, भक्तपुरको १७ स्थानबाट ४ बोका र ३६ वटा खसी चोरी भएको अनुसन्धानमा खुलेको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.