करेन्ट लागेर सिन्धुलीमा छाेराको मृत्यु, बाबु घाइते

रिपोर्ट नेपाल | 2023 Mar 30 | 05:36 pm 1053

सिन्धुली, चैत १६: सुनकोशी गाउँपालिका–४ फलामेचौरमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा १२ वर्षीय दिपेश श्रेष्ठ रहेका छन् भने उनका बाबु ४० वर्षीय फत्तबहादुर श्रेष्ठ गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए।

उनका अनुसार बाबु छोरा खेतमा काम गरेर घर फर्कंदै गर्दा बाटो छेउमा रहेको ११ हजार भोल्टेजको मेन लाइनको पोल नजिक छोरालाई करेन्ट लागेको र छोरालाई बचाउन खोज्दा बाबुलाई पनि करेन्ट लागेको थियो।

गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि काठमाडौं पठाइएको छ। करेन्ट कसरी चुहावट भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.