गुडिरहेको यात्रु बसमा पेट्रोल बम प्रहार

| 2018 Aug 14 | 04:31 pm 3858

भैरहवा, साउन २९ : रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५ पथ्थरडाँडा स्थित यात्रुवाहक बसमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ ।पोखराबाट भैरहवा आउँदै गरेको लु १ ख ६६२१ नम्बरको यात्रुवहाक बसमा पेट्रोल बम प्रहार गरिएको प्रहरीले जनाएको छ ।

पेट्रोल बम प्रहार गरिएपछि बसमा सवार यात्रु रेशमबहादुर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी कुमोद ढुंगेलले जानकारी दिए । प्रहरीले बम प्रहार गर्ने समूहको खोजीकार्य गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.