सप्तरीमा एक युवाको हत्याः जाहेरी लिन मानेन कंचनपुर प्रहरी

रिपोर्ट नेपाल | 2023 Mar 30 | 01:58 pm 1833

  • महेश सिंह

सिरहा, चैत १६ः सप्तरीको सप्तकोशी नगरपालिकामा एक जना युवाको विभत्स हत्या भएको छ। हाट बजारमा ठेल्लामा भुजा चटपटे बेचेर जिविको पार्जन गर्दै आएका सप्तकोशी नगरपालिका वडा नम्बर ८ ओद्राहा बस्ने २२ वर्षिय श्रीकान्त दासको हत्या भएको हो।

No description available.

सप्तरी प्रहरीले घटनालाई ढाक छोप गर्न लागेका छन्। कंनचनपुरका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक दिपक कुमार रायका अनुसार आफूलाई पीडित पक्षबाट कुनै जाहेरी नआएको उनले पत्रकारहरुसंग कुरा गर्दै यस्तो बताएका हुन्। प्रहरीले यो घटनामा मोटो करम खाएको पीडित पक्षको आरोप रहेको छ।

हत्या गर्ने युवा र घटनामा संलग्न रहेका युवाहरू खुले आम घुमीरहेको छ। पैसा खाएर प्रहरीले उक्त ब्यक्तिहरुलाई पक्राउ नगरेको र जाहेरी दर्ता नगरेको पीडितले बताएको छ । अनुसन्धानका लागि पनि प्रहरीले हिरासतमा नलिएको हो। कसैको पुर्वाग्राहीले अनुसन्धान भएको छैन। भिसेरा रिपोर्टबाट जिस्ट कुरा आए पछी प्रहरी कानुनी प्रक्रियामा जाने बताए।

अपराधीहरुले पुनः पीडितलाई घरमा गएर अरुलाई मार्दिन्छु भनी धम्की दिने गरिएको प्रहरीले बताए। प्रहरीले घटना लुकाउन राजनीति दबाबमा मोटो रकको लिएको पीडितको आरोप छ।

No description available.

जनकपुरआरोपमा कुटिएका सप्तरीको सप्तकोशी नगरपालिका ८ का २७ वर्षीय श्रीकान्त दासका परिवारले आफूहरुको उजुरी प्रहरीले नलिएको गुनासो गरेका छन् । कुटपिटमा संलग्नलाई प्रहरीले पक्राउ नगर्दा आफूहरु असुरक्षित बनेको उनीहरुको भनाइ छ ।

गत फाल्गुन ३० मा स्थानीय रोषण लेखीले दासमाथि मोबाइल चोरीको आरोप लगाएका थिए । सोही दिन साँझ करिब ७ बजे दासलाई लेखीले घरबाट जवरजस्ती उठाएर लगेको परिवारजनले बताएका छन् ।

दासलाई लेखीले बेपत्ता पारेपछि खोजतलास भयो तर, भेटिएनन् । त्यही मध्यरातमा उनी घर अगाडि अर्धचेत अवस्थामा फेला परे । त्यसपछि हतार हतार आफन्तले फत्तेपुर स्वास्थ्य चौकी पु¥याएका थिए । स्वास्थ्य चौकीमै उपचारको क्रममा बिहान नहुँदै उनको निधन भएको हो ।

निधनपछि आफन्तले ईलाका प्रहरी कार्यालय कञ्चनपुरलाई खबर गरे । प्रहरी आएर कुटपिट गर्नेमाथि कारबाही हुने आश्वासन परिवारलाई दिँदै उनको शव पोष्टमार्टमका लागि राजविराजस्थित प्रादेशिक अस्पताल लग्यो ।

पोष्टमार्टम पश्चात् उनको शव घर ल्याएर आफन्तले दाहसंस्कार गरे । घटनाको एक साता बितिसक्दा पनि कुटपिट गर्नेहरु खुलेआम घुमिरहेको परिवारको आरोप छ ।

कुटपिट गर्नेहरुविरुद्ध प्रहरीले पीडितबाट किटानी जाहेरीसमेत लिन मानेको छैन । मृतकका बुबा बच्चालालले छोराको हत्या गर्नेहरु खुलेआम घुमिरहे पनि प्रहरीले कारबाही गर्न नचाहेको दावी गरे ।

उनी भन्छन्, ‘किटानी जाहेरी दर्ता गराउन ईलाका प्रहरी कार्यालय तीन चार दिनदेखि धाइरहेको छु । तर डिएसपी साहेबले उजुरी दर्ता गर्न मान्नुभएको छैन ।’

‘प्रहरीले पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र उजुरी दर्ता गर्ने भन्छन्’, उनले नेपाल प्रेससँग भने, ‘तर हत्याराहरु धाकधम्की लगाउँदै हिडेका छन् ।’ उनले प्रहरीले हत्यारालाई पक्राउ नगर्दा आफ्नो परिवार नै असुरक्षित बनेको दुःखेसो पोखे ।

उनका अनुसार छोराको हत्यामा मोवाइल चोरीको आरोप लगाउनेलेखी र सोही नगरपालिका वडा नम्बर ६ का ३७ वर्षीय अनिल चौधरी संलग्न छन् । उनीहरु दुवै जनाविरुद्ध पीडित परिवारले कर्तव्य ज्यान मुद्दा चलाउनुपर्ने माग गरेका छन् ।

उनले नेपाल प्रेसलाई उपलब्ध गराएको मृतकको तस्बिरमा पिठ्यूँभरी निलडाम देखिएको छ । प्रहरीले भने मृतकको शरीरमा कुटपिट गरेको दागहरु नदेखिएकाले पोष्टमार्टम रिपोर्ट नआएसम्म उजुरी दर्ता गर्न नमिल्ने भनिरहेका छन् ।

मृतकका बुवा बच्चालालले प्रहरीले हत्यामा संलग्नहरुलाई बचाउन खोजेको आरोप लगाएका छन् । उनले भने, ‘तस्बिर पठाएको छु । हेर्नुस् पिठ्यूँभर निलडाम छ । अनि प्रहरीले झुटो बोल्न मिल्छ ?’

प्रहरीले अपराधीसँग मिलेर कारबाही गर्न नचाहेको जस्तो लागिरहेकाले न्यायका लागि पहल गरिदिन उनले आग्रहसमेत गरे ।

मृतकका काका बब्लु दास भन्छन्, ‘मोबाइल चोरी नै भएको थियो भने प्रहरीमा पक्रेर बुझाउँदा कारबाही हुन्थ्यो नि । तर अपहरण गरेर लग्यो । अनि कुटपिट गरेर रातिमा घरमा आएर फाल्यो । निर्ममतापूर्वक कुटपिटकै कारण उपचारको क्रममा भतिजाको मृत्यू भयो । तर अहिले प्रहरीले नै अपराधीलाई बचाउनमा लागेका छन् ।’

यता, ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी दिपक राईले घटनाको अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘मृतकको शरिरमा कुटपिट गरेको खतहरु देखिएको छैन । त्यसैले पोष्टमार्टम रिपोर्ट नआएसम्म किटानी जाहेरी दर्ता गर्न मिल्दैन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.