गुल्मी, चैत १४ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चन्द्र भण्डारी जत्तिको नेता अहिले सम्म नभेटेको बताएका छन् । आफ्नो पार्टिको एक कार्यक्रमलाई सम्बोधन गर्न गुल्मी पुगेका उनले यस्तो बताएका हुन् ।
आफ्नो पार्टिका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले चन्द्र भण्डारी जत्तिको नेता कांग्रेस भित्र ३ फन्को लगाउदा पनि नभेटेको बताएका हुन् । पुर्व प्रधानमन्त्री समेत रहेका उनले कांग्रेसको नीति भने सहि नभएकाले चन्द्र भण्डारी जत्तिको नेता त्यही नीति बोक्न बाध्य भएको टिप्पणी गरेका छन् ।
हलभरी आफ्ना पार्टिका कार्यकर्ता भएको ठाउँमा ओलीले चन्द्र भण्डारी सार्है भलादमी भएको भन्दै प्रशंसा गरेपछी हलभरीका नेता कार्यकर्ता खुसीले गलल हासेका थिए ।
आफ्नो पार्टी भित्र मात्र होईन अन्य दलका नेता कार्यकर्ता बीच समेत लोकप्रिय नेता डा। चन्द्र भण्डारी हाल उपचाररत छन् । गएको संघीय निर्वाचनमा चन्द्र भण्डारी संग पराजित एमाले उपमहासचिव प्रदिप कुमार ज्ञवाली समेत सहभागी रहेको कार्यक्रममा अध्यक्ष ओलीले नेता भण्डारीको प्रशंसा गरेका हुन् ।