चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद

रिपोर्ट नेपाल | 2023 Mar 28 | 07:59 am 1305

रुपन्देही, चैत १४ः जिल्लाको रोहिणी गाउँपालिका १ वगाहा स्थित सीमा ईलाकाबाट चैत १३ गते सशस्त्र प्रहरीले करीव ३ लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा नम्बर २७ गण रुपन्देहीले बरामद गरेको हो । बरामद लत्ताकपडा भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.